Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

दाहालले भनेः म अब अध्यक्ष छैन, संयोजक भएँ

दाहालले भनेः म अब अध्यक्ष छैन, संयोजक भएँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीका सबै संरचना भंग गरी महाधिवेशन आयोजक कमिटीमा परिणत गरेको छ। बिहीबार र शुक्रबार चलेको बैठकले पार्टीका सबै कमिटी भंग गरेका हो। ‘अब हामीले एउटै कुरा केन्द्रीय कमिटीको बैठक सफलतापूर्वक सफल ग¥यौं,’ बैठक सकिएपछि बाहिरिने क्रममा अध्यक्ष पुष्पकमल दाहालले भने, ‘म अब अध्यक्ष छैन, म संयोजक भएँ।’

बैठकले केन्द्रीय कमिटी विघटन गरेपश्चात सचिवालय बनाउने निर्णय गरेको छ। अध्यक्ष दाहालको संयोजक रहेर बाँकी निवर्तमान पदाधिकारीलाई सचिवालय सदस्य बनाएको छ। महाधिवेशन आयोजक कमिटी पनि अध्यक्ष दाहालकै संयोजकत्वमा बनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट