काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सकिएको हो ।
बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने,' केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष रहिनँ,संयोजक भए ।'
केन्द्रीय समिति बैठकमा नेताहरूले विभिन्न १० समूह बनाएर छलफल गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरूले अध्यक्ष प्रचण्डले पद छाड्नुपर्ने बताएका थिए ।
https://www.facebook.com/share/v/1a8RmT5gVP/
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij