Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारतीय सेनाले गर्‍यो रुसमा बनेको मिग–२१ लडाकु विमान निष्क्रिय

भारतीय सेनाले गर्‍यो रुसमा बनेको मिग–२१ लडाकु विमान निष्क्रिय

नयाँ दिल्ली : रुसबाट खरिद गरेर दशकौँसम्म भारतीय वायुसेनाका अग्रपङ्क्तिमा रक्षाको रूपमा सेवा गरिरहेका मिग–२१ लडाकु विमानहरूलाई आज निष्क्रिय पारेको छ । बिदाइ समारोह सोमबार चण्डीगढमा आयोजना भइरहेको छ ।

यस कार्यक्रममा वायुसेनाका पाइलटहरूले अन्तिम पटक यी विमानहरू उडाउनेछन् । ‘मिग–२१ केवल एउटा विमान मात्र होइन, भारत–रुस सम्बन्धको प्रमाण पनि हो’ समारोहमा उपस्थित रक्षामन्त्री राजनाथ सिंहले भने ।

मिग–२१ लाई अपरेशनल जर्नीबाट बिदाइ गर्दा एउटा अध्याय बन्द गरिने पनि उनले बताए । यो विमान भारतीय वायुसेनाका इतिहासमा मात्र नभएर भारतको सैन्य उड्डयनको इतिहासमा सुनौलो अक्षरमा लेखिने उनको भनाइ थियो ।मिग–२१ लाई १९६३ मा भारतीय वायुसेनामा समावेश गरिएको थियो । ६३ वर्षसम्मको सेवा पछि शुक्रबार यसलाई निष्क्रिय पार्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट