Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

देश गम्भीर सङ्कटमा छ, सबैले सोच्न आवश्यक छ : विद्या भण्डारी

देश गम्भीर सङ्कटमा छ, सबैले सोच्न आवश्यक छ : विद्या भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको बताएकी छन् । शुक्रबार आयोजित पत्रकार भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् ।

‘एकैदिन एकैचोटी देश खरानी भएको छ’, भण्डारीले भनिन्– ‘वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ ।’ उनले जेनजीले त्यत्रो घटना कसरी गराए होलान् भनेर प्रश्न समेत गरिन् ।‘यसरी माग पुरा होलान् र ? यो रहस्यमय घटनाजस्तो भएको छ’, उनले भनिन्– ‘यसबारेमा नेपाली समाज र नागरिकले गम्भीर छलफल र समीक्षा गर्नुपर्छ ।’

उनले मुलुक संगीन घडीमा रहेको भन्दै शान्ति र स्थिरता कायम गर्दै समयनाकूल विकास अघि बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । ‘हाम्रो बिचको सामूहिक भावना, सहकार्य नभई समाधान गर्न सक्दैनौ’, उनले भनिन्– ‘धेरै ठुलो सङ्कट आइलागेको छ । अराजकता कायमै छ । यसबारेमा सोच्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट