Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

महाराजगन्जको प्रहरी वृत्त आगजनी गरेको आरोपमा १ जना पक्राउ

महाराजगन्जको प्रहरी वृत्त आगजनी गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँ : जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा छन् ।

२६ वर्षीय लामा विरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले रातोपाटीलाई बताइन् ।महाराजगन्जमा कार्यरत प्रहरी कर्मचारीको हत्यामा संलग्न आरोपमा यसअघि दुई जना पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij