Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

काठमाडौँका सीडीओबारे पूर्व एआईजीको अमर्यादित टिप्पणी

काठमाडौँका सीडीओबारे पूर्व एआईजीको अमर्यादित टिप्पणी

काठमाडौँ : काठमाडौँमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलबारे पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीले अमर्यादित टिप्पणी गरेका छन् । गृह मन्त्रीस्तरिय निर्णयबाट पौडेल असोज ८ मा काठमाडौँमा सरुवा भएका थिए । सामाजिक सञ्जाल ‘फेसबुक’मा पूर्वएआईजी लोहनीले पौडेललाई ‘भ्रष्ट र आपराधिक मनोवृत्ति भएको व्यक्ति’ भनेर टिप्पणी गरेका हुन् ।प्रजीअको रुपमा पौडेलको अनुभव नभएको आरोप लगाउँदै काठमाडौँ कार्यरत प्रहरी कर्मचारीहरूलाई लोहनीले भनेका छन्, ‘भर नपर्नु, बचेर काम गर्नुहोला ।’

प्रजीअ पौडेल २०७५ मा साढे ३३ केजी सुन तस्करी छानबिन समितिको सदस्य थिए । समितिले करिब २ महिना १० दिन सम्म छानबिन गरेर सनम शाक्यको हत्या र चूडामणि उप्रेती ‘गोरे’को समूहले तस्करी गरेर ल्याएपछि लुटिएको सुनबारे प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिवेदनमा तत्कालीन एसएसपी दिवेश लोहनीको पनि त्रुटि औँल्याइएको थियो । तस्कर समूहले सुन ‘गायब’ बनाएको आरोपमा सनमको हत्या गरेको र त्यसपछि भएको प्रहरीको अपरेसनमा समितिले कमजोरी औँल्याएको थियो ।

लोहनी त्यतिबेला उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए । अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सनमको शव बरामद गरेर मोरङ प्रहरीमा बुझाएको थियो । प्रतिवेदनको आधारमा लोहनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरेर प्रतिवादी बनाएको थियो । लोहनीले पछि सफाइ पाए । त्यस बेलादेखि पौडेल र लोहनीको सम्बन्ध चिसिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij