काठमाडौँ : वर्षापछिको बाढी पहिरोका कारण हाल तीन सडकखण्ड अझै अवरुद्ध छन्। कोशी प्रदेशको दुई र बागमती प्रदेश अन्तर्गतको एक सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ।
निरन्तर वर्षाका कारण आएको पहिरोका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, वरुण स्थित सडक अवरुद्ध भएको छ। कोशी राजमार्गकै मकालु गाउँपालिका–३, एकुवामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।
यता रसुवामा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने सडकखण्ड गत असारदेखि नै अवरुद्ध छ। यी सडक अवरुद्ध जनजीवन र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या आएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij