Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

फ्लड लाइट बालेर तुइनखोलाको पहिरो पन्छाइँदै, सडक आजै रातिदेखि खुल्ने

फ्लड लाइट बालेर तुइनखोलाको पहिरो पन्छाइँदै, सडक आजै रातिदेखि खुल्ने

काठमाडौं : फ्लड लाइट जडान गरेर तुइनखोला नजिकै गएको सुक्खा पहिरो पन्छाउने काम भइरहेको छ ।पूर्ण रूपमा पहिरो हटाएर आजै रातिदेखि आवागमन सञ्चालन गर्ने तयारी स्वरूप फ्लड लाइट बालेर पहिरो पन्छाउने कामलाई निरन्तरता दिइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भने, ‘फ्लड लाइट बालेर पहिरो पन्छाउने काम भइरहेको छ । सम्भवतः एक डेढ घण्टामा सडक सञ्चालनमा आउने छ ।’

मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै मंगलबार अपरान्ह भयंकर सुक्खा पहिरो खसेको थियो । जसका कारण सडक अवरुद्ध छ ।सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि चितवन प्रशासनले वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ भने अलपत्र परेका यात्रुहरूलाई बसको व्यवस्था गरेर उद्धार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij