काठमाडौँ : विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा भएकाे मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्ने पहिलो निर्णय गरेको छ ।
जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण सङ्कलन र माग गर्ने निर्णय गरेको हो ।आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट सङ्कलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउने छन् । नेपाल सरकार अन्तर्गतका निकायहरूमा भएको क्षतिको विवरण गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् । प्रदेश हकको क्षतिमा मुख्यमन्त्रीको कार्यालय मार्फत बुझाउनेछन् ।स्थानीय सरकारका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउनेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij