Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन मन्त्री घिसिङको आग्रह

राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन मन्त्री घिसिङको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि सरकारले गठन गरेको पुनर्निर्माण कोषमा योगदान गर्न सबैमा आग्रह गरेका छन् । सरकारले स्थापना गरेको कोषमा मन्त्री घिसिङले सहयोगको आह्वान गरेका हुन् । अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरेको थियो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने जानकारी दिए ।भौतिक संरचनामा आगजनी र तोडफोडले ठुलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको मन्त्री घिसिङको भनाइ छ ।

‘कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार, तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट अमूल्य योगदान गरी राष्ट्र पुननिर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा आह्वान गर्दछ’, मन्त्री घिसिङले पत्रकार सम्मेलनमा लिखित विज्ञप्ति वाचन गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट