Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

भ्रष्टाचारीहरु लुटेको सम्पत्तिको बलमा चुनाव जितेर आउन सक्छन् : डा‍‍.बाबुराम भट्टराई

भ्रष्टाचारीहरु लुटेको सम्पत्तिको बलमा चुनाव जितेर आउन सक्छन् : डा‍‍.बाबुराम भट्टराई

काठमाडौँ : नेसपा नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको शासकीय त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी प्रतिनिधिहरूलाई सुझाव दिने क्रममा सरकारसँग वार्ता गरेर यो प्रणाली सुधार गर्न आग्रह गरेका हुन् ।

‘यो सरकार तपाईंहरुले बनाएको सरकार हो । यो सरकारसँग वार्ता गरेर लिखित रूपमा निर्वाचनअघि केही सुधारका काम हुनुपर्‍यो’, भट्टराईले भने– ‘पहिलो त भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बन्नुपर्‍यो ।’ उनले घटनाको छानबिन गर्ने आयोग बने पनि त्यो एउटा अंश मात्र रहेको बताए ।

उनले भने– ‘भ्रष्टचारीहरुसँग लुटेर राखेको अर्वौ सम्पत्ति छ, अलिअलि त अस्ति जल्यो तर अरू पनि लुकाएर राखेका छन् । त्यसैको बलमा उनीहरू चुनाव जितेर आउँछन् । त्यसैले यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन ।’

डा.भट्टराईले जेनजीले गरेको त्याग र बलिदानबाट प्राप्त उपलब्धि जोगाउन पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट