Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– मलाई पदमा बसिराख्नपर्छ भन्ने लाग्दैन

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– मलाई पदमा बसिराख्नपर्छ भन्ने लाग्दैन

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर प्रचार गरिएजस्तो आफूमा पदलोलूपता नभएको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले यस्तो धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई निकै जटिल, विकराल र गम्भीर भएको समेत बताएको ती सदस्यको भनाइ छ ।

प्रचण्डले भने, 'आज जे देखिँदैछ, त्यसलाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको छ। यस्तो अवस्थामा आन्दोलनलाई सुदृढ बनुउन विशेष महाधिवेशनसम्म जानुपर्ने देखिएको छ।'

नेतृत्व हस्तान्तरणबारे निरन्तर छलफल हुँदै आएको उल्लेख गर्दै आफूदलाई पदमा बसिराख्नुपर्छ भन्ने नलाग्ने बताए। उनले भने, 'नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा म छु। जबरजस्ती पदमा टाँसिने मान्छे म होइन।'

उनका अनुसार जेनजी आन्दोलनपछि शीर्ष नेताहरूले पनि नेतृत्व हस्तान्तरणबारे प्रश्न उठाइरहेका छन्। संविधान दिवसका अवसरमा दिएको सन्देशमा समेत प्रचण्डले प्रक्रियागत ढंगले निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट