Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कैलालीमा दुई प्रहरीविरुद्ध उजुरी : इन्स्पेक्टरमाथि छानबिन समिति, सईको छानबिनविना सरुवा !

कैलालीमा दुई प्रहरीविरुद्ध उजुरी : इन्स्पेक्टरमाथि छानबिन समिति, सईको छानबिनविना सरुवा !

धनगढी : कैलालीमा कार्यरत दुई प्रहरी अधिकारीविरुद्ध फरक–फरक उजुरी दर्ता भएपछि प्रहरी संगठनभित्रै छानबिन र सरुवाको प्रक्रिया विवादित बनेको छ ।इलाका प्रहरी कार्यालय मालाखेतिमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह भण्डारीविरुद्ध प्रहरी प्रधान कार्यालयमै वेनामे उजुरी परेको खुलेको छ ।

विभिन्न आरोपहरू लगाइएको सो उजुरीबारे प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई छानबिन गर्न निर्देशन दिएपछि डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख चन्द नेतृत्वको टोलीले छानविन गरिरहेको छ । हेडक्वाटरमा बेनामे उजुरी परेको र छानविन समिति पनि गठन गरिएको डीएसपी चन्दले पुष्टि गरे ।

उनका अनुसार भदौं २३ गते उजुरीबारे इलाका प्रहरी कार्यालय मालाखेतिलाई जानकारी गराइएको थियो । छानविन चलिरहेको उनले बताए ।भण्डारीलाई केही महिना अघि दंगा नियन्त्रण प्रहरी गण, कञ्चनपुरमा काज सरुवा गरिएको भए पनि रमना नदिइएको विषयले समेत प्रश्न उठाएको छ ।

यता, वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत सई दिपेन्द्र किमाडीविरुद्ध पनि केही दिनअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको थियो ।तर उजुरीमाथि छानबिन नगरी उनलाई बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेर रमाना दिइएको छ । यो विवादास्पद् निर्णयले प्रहरी नेतृत्वमाथि नै शंका उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सई किमाडीविरुद्ध परेको उजुरीबारे बुझेर छानबिन अघि बढाइने बताए । तर काज सरुवा भने तालुक कार्यालयको निर्देशनअनुसार भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij