वासिंटन : अमेरिकाको न्यू मेक्सिकोस्थित एउटा चर्चित पुल पैदल यात्रीका लागि बन्द गरिएको छ । ‘रियो ग्रान्डे गर्ज ब्रिज’ पैदल यात्रीका लागि अनिश्चितकालीन बन्द गरिएको हो । यो पुलबाट हामफालेर आत्महत्या गर्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले पैदल यात्रीका लागि बन्द गर्ने निर्णय लिएको हो ।
सन् २०२५ मामात्र यो पुलबाट हामफालेर ६ जनाले आत्महत्या गरिसकेको जनाइएको छ । पछिल्लो पटक एक १५ वर्षीय किशोरले यो पुलबाट हामफालेर आत्महत्या गरेका छन् ।पछिल्लो तीन सातामा मात्र यो पुलबाट तीन जनाले आत्महत्या गरेका छन्, जसमा एक अमेरिकी पूर्वसैनिक समेत छन् ।यो एक हजार २८० फिट लामो छ भने ६०० फिट अग्लो छ । पुलको दायाँ–बायाँ ४ फिट अग्लो रेलिङ छ, जसलाई नाघेर हामफाल्दै आत्महत्या गर्नेहरूको संख्या बढेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij