Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।मुख्यमन्त्रीको दलले नै नाटकीय निर्णय गरेपछि सरकारको औचित्य सकिएकाले कांग्रेसले समर्थन फिर्ता लिनुपरेको मधेस कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए ।

अब सरकार गठनका  लागि उचित विकल्पमा  छलफल हुने यादव बताउँछन् । पहिलो प्राथमिकता भने आफ्नै नेतृत्वमा सरकार बनाउने हुने उनको भनाइ छ ।यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ ।

तर मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिन अस्वीकार गरेका छन् । उनी विश्वासको मत लिने तयारीमा छन् । तर, कांग्रेसको बहिरगमनसँगै मुख्यमन्त्रीले आवश्यक संख्यामा विश्वासको मत पुर्‍याउन सक्ने अवस्था देखिँदैन । त्यसपछि पुनः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।मधेस प्रदेश सभामा पहिलो पार्टी रहेको एमालेको २३ तथा कांग्रेसको २२ सिट छ । त्यसपछिका जसपा नेपालको १९ र जनमत पार्टीको १३ सिट छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट