Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

अस्पतालबाट डिस्चार्ज हुँदै देउवा दम्पती, ललितपुरमा बसोबास हुने

अस्पतालबाट डिस्चार्ज हुँदै देउवा दम्पती, ललितपुरमा बसोबास हुने

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम कांग्रस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।जेनजी आन्दोलनका क्रममा घाइते भएका उनीहरूको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज गर्न लागिएको हो ।

डिस्चार्जपछि उनीहरू ललितपुरमा (सानेपा वा जावलाखेल) अस्थायी बसोबास गर्ने देउवाका स्वकीय सचिवले बताएका छन् ।सानेपा, झम्सिखेलमा डा. राणाको माइती घर र जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ ।

झम्सिखेलस्थित डा.राणाको स्वामीत्वमा रहेको माइती घरसँगै तरुण दलका पूर्वअध्यक्ष तथा राष्ट्रियसभाका सदस्य जितजंग बस्नेतको घर छ।बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनःनिर्माणमा समय लाग्ने कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट