Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको तयारी

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गठन भएको आयोग खारेज गर्ने तयारी गरेको हो।खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भूमि समस्या समाधान आयोग खारेजको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै गत कार्तिकमा प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोग गठन गरेको थियो।मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भूमि समस्या समाधान आयोग खारेजी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

यसभन्दा अगाडिका विभिन्न सरकारले भूमिहीन, दलित, सुकुम्बासी लगायतलाई भूमि उपलब्ध गराउने भन्दै आयोग गठन गर्ने र फेरि पुनर्गठन गर्ने काम गर्दै आएका थिए । तर, भूमि सम्बन्धी समस्या भने अहिलेसम्म पनि जस्ताको तस्तै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij