Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नारायणगढ- मुग्लिन सडक अवरुद्ध : फिस्लिङ -शक्तिखोर सडक प्रयोग गर्न सकिने

नारायणगढ- मुग्लिन सडक अवरुद्ध : फिस्लिङ -शक्तिखोर सडक प्रयोग गर्न सकिने

मुग्लिन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ । चितवनको इच्छाकामना ६ तूइनखोला पुल नजिकै हिजो मङ्गलबार दिउँसो ४ : ५० बजे ठूलो पहिरो खसेपछि पूर्णरुपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पञ्छाउन आज दिनभर लाग्ने भएकाले बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । वैकल्पिक मार्गको रुपमा चितवनमै पर्ने फिस्लिङ-शक्तिखोर सडकमार्ग प्रयोग गर्न सकिने छ । कतीयलाई यो सडकका बारेमा थाहा नहुन सक्छ । यो सडक खण्ड हुदैँ टाडी भरतपुर सम्म यात्रा गर्न सकिन्छ ।

चितवनको इच्छाकामना २ मायाटारका टिका गुरुङका अनुसार नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएसगैँ यो सडकखण्डमा सवारीहरु बाक्लो चल्न थालेका छन् । गुरुङका अनुसार अहिले फिस्लिङ–शक्तिखोर सडकमा साना सवारीहरु स्करपियो,बलेरो, टाटा सुमो ,मोटरसाइकल र स्कुटीमा सहजै यात्रा गर्न सकिन्छ । नारायणगढ मुग्लिन सडक अवरुद्ध हुदाँ एम्बुलेन्सले पनि यही सडक भएर आउजाउ गर्ने गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामनास्थित फिस्लिङबाट कालिका नगरपालिकास्थित शक्तिखोरसम्मको ४५ किलोमिटरको दूरी रहेको यो सडक ‘सिङ्गल लेन’को हो। यस सडकखण्डमा धैरे जसो भाग कालोपत्रे छ । फिस्लिङदेखि तोलाङ,बाँसपुर,मायाटार उपर्दाङगढी, शक्तिखोर हुदैँ टाँडी र भरतपुर पुग्न सकिन्छ । यसैबिच धादिङको बेनिघाट रोराङ १० हुग्दीखोलाबाट बाँसपुर हुदैँ शक्तिखोरबाट टाडी भरतपुरको यात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij