Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

७ इन्स्पेक्टरको काज सरुवा, आईजी खापुङ हाबी

७ इन्स्पेक्टरको काज सरुवा, आईजी खापुङ हाबी

काठमाडौं : प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर अचानक ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई काजमा पठाएको छ ।गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल नियमित सरुवा निकाल्न निर्देशन दिएपनि प्रहरी महानिरीक्षक (आईजी) चन्द्र कुबेर खापुङले उनलाई कुरा मिलाएर काज आदेश जारी गरेका हुन् ।

सूचीअनुसार दीपक थापा इप्रका मनहरि हेटौडा, कैलाश लिम्बु खापुङ सिजुवा मोरङ, शालिकराम तिमिल्सिना सिरहा ट्राफिक, दानबहादुर मिरिङ्चिङ उदयपुर ट्राफिक, सपना खड्का इप्रका डकाह सिन्धुली र बिनोद ठवालको नुवाकोट ट्राफिकमा काज सरुवा भएको छ ।यस्तै इन्स्पेक्टर कमल राउतको एकल जिल्ला प्रहरी कार्यालय रामेछापमा काज गरिएको छ ।

यसमध्ये कैलाश लिम्बु र दानबहादुर मिरिङ्चिङ, शालिकराम तिमिल्सिना खापुङका नजिकका मान्छे भएको आरोप लागेको छ । आफ्ना मानिसलाई मिलाउन आईजीले नियमित सरुवा प्रक्रिया रोकेर ‘काज’ प्रयोग गरेको उच्च प्रहरी स्रोतको आरोप छ ।

खापुङ आईजी भएपछि भेटेरै इन्स्पेक्टर लिम्बुले फेसबुकमा फोटो राख्दै बधाई काका भनेका छन् । यसरी आईजी खापुङले आफ्ना मान्छेलाई च्याप्दा नियमित सरुवा कुरेर बसेका इन्स्पेक्टरहरु निराश भएका छन् ।सरुवा सूची दशैंअघि नै निस्किने तयारी भए पनि आईजी खापुङले “दशैंपछि मात्र निकालौँला” भन्दै गृहमन्त्रीलाई समेत ढाटेर काज निकालेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij