Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई परीक्षाफल बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशित गर्न निर्देशन दिएका छन् ।मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको तीनबुँदे निर्देशनमार्फत उनले ढिलासुस्ती गर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी दिएका छन् ।मन्त्री पुनका अनुसार केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउँदा विद्यार्थीको अपूरणीय क्षति हुने गरेको छ ।

‘राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का पाँच लाख विद्यार्थीको परीक्षाफल तीन महिनाभित्रै निकाल्दा विश्वविद्यालयहरूले किन सक्दैनन् ?’ भन्दै उनले तुरुन्त सुधार गर्न आग्रह गरेका छन् ।त्यसैगरी उनले देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर शिक्षा अनिवार्य बनाउन हरेक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्नुपर्ने आवश्यकता औंल्याए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरलाई आकर्षक बनाउन पनि उनले निर्देशन दिएका छन् । उनका अनुसार विश्वविद्यालय हाताभित्रको ठूलो झाडी फाँडेर (ठूला रुख नकटाई) सफाइ गर्ने, बगैँचा र फुटपाथ निर्माण गर्ने कार्य त्वरित अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij