काठमाडौँ : मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै फेरि सुख्खा पहिरो गएको छ । यो सडक खुलाउन दुई दिन लाग्ने सडक विभागले जनाएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले यो पहिरो हटाएर सडक खुलाउन दुई दिन लाग्ने देखिएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।
उनले भने, ‘तत्काल पहिरो हटाउन नसकिने र पहिरो हटाउन दुई दिन लाग्ने देखिएको छ । वैकल्पिक सडक प्रयोग गर्न अनुरोध छ ।’ उक्त पहिरोमा मानवीय क्षति नभएको पनि जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij