Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

बालेनलाई लक्षित गर्दै ओलीले भने–केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए

बालेनलाई लक्षित गर्दै ओलीले भने–केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमै अडिएको बताएका छन् ।भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसासमेत नदिने बदनाम स्थितिमा पुगिसकेको बताए ।

उनले भने–‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनुपर्ने बताएका उनले युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताए ।

उनले भने–‘यो देश हाम्रो हो हामीले बनाउनुपर्छ । अहिले कसले जलायो थाहा छैन । देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्त्वहरूले जलाएका हुन् । जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो । यस्तो कुरा हामीले बुझ्नुपर्छ ।’

ओलीले सिंहदरबार जलाउँछु भनेर पहिल्यैदेखि भन्दै आएका व्यक्ति भनेर संकेत गरेका पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । शाहले २०८० भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमा ‘सिंहदरबार जलाउने’ भन्दै धम्कियुक्त विवादित स्टाटस लेखेका थिए ।यद्यपी चौतर्फी विरोध र आलोचना भएपछि उनले शनिवार राति लेखेको उक्त धम्कियुक्त स्टाटस सोमवार बिहान हटाएका थिए ।

शनिबार राति सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिँदै सरकारलाई चोरको संज्ञा दिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट