Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

रास्वपा सुदूरपश्चिमले भन्यो- सभापति रवि लामिछानेले पदीय भूमिकाबाट बाहिरिनुपर्छ

रास्वपा सुदूरपश्चिमले भन्यो- सभापति रवि लामिछानेले पदीय भूमिकाबाट बाहिरिनुपर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम समितिले सभापति रवि लामिछानेलाई पदीय भूमिकाबाट बाहिरिनुपर्ने सुझाव दिएको छ ।सभापति रविले उदारता देखाउँदै पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव दिइएको छ ।

समितिको बैठकमा आएका धारणाहरु समेटेर केन्द्रलाई पठाइएको पत्रमा भनिएको छ- ‘पार्टी सभापति स्वयंले उदारता प्रदान गर्दै न्यायिक निकायबाट न्याय नपाउन्जेल सम्मका लागि पार्टी जिम्मेवारीबाट अलग भई वैकल्पिक धार, समूह र व्यक्तिलाई यो प्लाटफर्ममा अटाउन आह्वान गरी सर्वोच्चता कायम गर्नुपर्ने धारणासहित न्यायिक निकायबाट सफाई पाए पश्चात् निर्विकल्प सभापति देख्ने विश्वास व्यक्त गर्दछौं ।’

‘पटक–पटक पार्टी सभापतीज्यूलाई सञ्चालन र सुझाव दिने अंगको अपरिपक्कता र सहानुभूति बटुल्ने चक्करका कारण पार्टी सभापति र समग्र पार्टीले हरेक मुद्दामा धोका खाएको छ। त्यसैको ज्वलन्त उदाहरण हालसालै नख्खु कारागारबाट सभापतिज्यूलाई बाहिर निकाल्न हतारिएर अपरिपक्क निर्णय गरी पार्टीका जिम्मेवार पदाधिकारी र केन्द्रीय सदस्यज्यूहरूलाई समेत झोस्ने कार्य गरिएको छ। यस्तो गलत उपाय अपनाउनुको प्रत्यक्ष असर ४० लाख बढी हस्ताक्षरमा सहभागी समर्थकको समर्थनमा ठेस पुगी पार्टीको साख गुम्नुका साथै बौद्धिक वर्गमा बहसको बिषय बन्न पुग्यो,’ निर्णयको जानकारी गराइएको पत्रमा भनिएको छ।

सभापति रवि बाहिँरिदा उनको पक्षमा हस्ताक्षर गर्ने ४० लाख समर्थकलाई ठेस पुगेको सुदूरपश्चिम समितिको निष्कर्ष छ ।भदौ २४ मा सभापति रवि नख्खु कारागारबाट सुरक्षाको कारण देखाई बाहिरिएका थिए । सभापति रवि माथि राजनितिक प्रतिशोध साँधेको भन्दै रास्वपाले असार ७ बाट देश र विदेशमा हस्ताक्षर संकलन गरेको थियो ।सुदूरपश्चिम समितिको ६ असोजमा बसेको बैठकमा उठेका उक्त विषयहरूलाई प्रदेश महामन्त्री सन्तोषराज जोशीले केन्द्रलाई पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट