Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कारागार फर्किए टोपबहादुर रायमाझी, डिल्लीबजार सारियो

कारागार फर्किए टोपबहादुर रायमाझी, डिल्लीबजार सारियो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।जेनजी आन्दोलनको प्रदर्शनका क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट निस्केका उनी मंगलबार स्वेच्छाले फर्किएको कारागार स्रोतले जनाएको छ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी बन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदी बन्दी भागेका थिए । करिब आधाजसो कैदी बन्दी अहिले कारागार फर्किसकेका छन् ।यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको जेलर कृष्णप्रसाद चापागाइँले बताए।

डिल्लीबजार कारागारका धेरै कैदीबन्दी सुन्धारा कारागार राखिएको छ। यसअघि भदौ २५ गते डिल्लीबजार कारागारमा आगो लगाएर कैदीबन्दी भाग्ने प्रयास गरेपछि जेलबाहिरबाट नेपाली सेनाले फर्काएको थियो।फर्काइएकाहरूलाई सुन्धारामा राखेपछि रायमाझीलाई भने डिल्लीबजार लगिएको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij