काठमाडौं : गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको सरुवा गरिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको हो ।जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो ।
सरकारले दुवाडीसहति तीनजना सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।गृहसचिव रहेका दुवाडीलाई योजना आयोगमा पठाइएको छ भने उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij