Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

गुन्डुमा सार्वजनिक भएयता पार्टीका नेतासँग निरन्तर छलफलमा ओली

गुन्डुमा सार्वजनिक भएयता पार्टीका नेतासँग निरन्तर छलफलमा ओली

काठमाडौं : निर्वतमान प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।२ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसेका ओली नेता-कार्यकर्तासहित सार्वजनिक भएका हुन् ।

ओलीले त्यसयता पार्टीका अधिकांश पदाधिकारीहरूसँग निरन्तर छलफल गरिसकेका छन् ।जेनजी आन्दोलन चर्किएपछि ओलीले गत २४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।त्यसयता प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन् ।

२ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा सरेपछि असोज ३ गतेदेखि पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट