Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

धादिङको जवाङ खोलानजिकै पहिरो, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

धादिङको जवाङ खोलानजिकै पहिरो, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ : मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ । गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउन दिनभर लाग्ने देखिएकोले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ । दुईतर्फी सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij