धरान : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते ज्यान गुमाएका साजन मेवाहाङको परिवारलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । अभिभावकविहीन बनेका साजनका छोराहरूका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शैक्षिक कोषको रुपमा उपमहानगरको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते ज्यान गुमाएका साजनले दुई वर्षअघि श्रीमतीको गुमाएका थिए । श्रीमतीको गुमाएपछि उनी दुई छोरालाई मिस्त्री काम गरेर हुर्काउँदै आएका थिए।
उनका छोराहरू ठिमीकै महेन्द्र आधारभूत विद्यालयमा पढ्छन् । उनको निधनपछि ती बालकहरूको बिचल्ली भएको छ । कोठामा छोराहरू छाडेर २४ भदौमा आन्दोलनमा गएका साजन दुईदिनसम्म कोठा नफर्किएपछि छिमेकीहरूले सोधखोज गरेका थिए ।
२७ भदौमा उनको शव सिनामंगलस्थित केएमसी अस्पतालमा रहेको जानकारीपछि धरानमा रहेका उनका दाजु नयन्द्र मेवाहाङले आर्थिक कठिनाइका बीच साजनका दाजु नयन्द्रले उनको अन्त्येष्टि गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij