Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३१ जना घाइते

तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३१ जना घाइते

हेटौँडा : पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा–१९ दारिमटारमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार सोमबार तेल बोकेको ट्याङ्कर, ट्रक र यात्रुवाहक बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) श्यामु अर्यालले जानकारी दिए । घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij