Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सिराहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी सेवा सुरु हुन सकेन

सिराहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी सेवा सुरु हुन सकेन

सिराहा : जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः सञ्चालन हुँदै गएको छ । कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु गरेको छ ।

कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याइएको हो । तर, राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन । प्रदर्शनका क्रममा राहदानी सेवाको ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने कार्यालयले जनाएको छ ।

‘केही दिनमा नै काठमाडौँबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौँ,’ प्रमुख खनालले बताए । यसअघि कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुनः सुरु गरिसकेको थियो ।

सेवा सञ्चालन गर्न कार्यालय मर्मत–सम्भारको काम समेत क्रमशः अगाडि बढाइरहेको छ । प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब रु १५ लाख बराबरको क्षति पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij