Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मुग्लिङ-नारायणगढ सडकखण्डमा राति ९ बजेबाट यातायात सञ्चालनमा रोक

मुग्लिङ-नारायणगढ सडकखण्डमा राति ९ बजेबाट यातायात सञ्चालनमा रोक

चितवन: लगातारको वर्षा र पहिरो खस्ने उच्च जोखिमका कारण आज राति ९ बजेदेखि मुग्लिङ-नारायणगढ सडक खण्डमा सबै प्रकारका सवारीसाधन प्रवेश गर्न रोक लगाइएको छ।यसअघि दिउँसो ४ बजे झण्डै ४५ घण्टाको जामपछि बाटो खुलेको थियो ।जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइन खोला नजिकैको सडक खण्डमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन।

यात्रुको सुरक्षा प्राथमिकता दिँदै रातभर सवारी आवागमन बन्द गर्न निर्णय गरिएको हो।सडक बन्द हुने समयमा मुग्लिङ र नारायणगढतर्फबाट कुनै पनि सार्वजनिक तथा निजी सवारीसाधनलाई प्रवेश नदिन प्रहरीलाई निर्देशन दिइएको छ।

बिहान मौसम अनुकूल भएमा मात्र मेशिन प्रयोग गरी पहिरो हटाउने कार्य अघि बढाइने प्रशासनले जनाएको छ। यसअघि पनि लगातार पहिरोका कारण सो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्य पुग्न समस्या भएको छ।प्रशासनले यात्रु तथा चालकलाई सुरक्षित यात्रा गर्न आग्रह गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी अनावश्यक यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij