काठमाडाैा : प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीको भ्यानमार्फत प्रधानमन्त्री र गृह मन्त्रालयमा लगिएको छ ।जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले भ्यानमार्फत प्रधानमन्त्रीसँग भेट गराउन लगेको हो ।
उनीहरुले हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रोश समेत व्यक्त गरेका छन् । घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताए । 'जेन जी आन्दोलनका घाइते पक्राउ' भन्ने समाचारमा सच्याएको छ ।
(न्युज एजेन्सी नेपाल )
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij