Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

काठमाडौँ महानगरले मङ्गलबारदेखि एम्बुलेन्स वितरण गर्दै

काठमाडौँ महानगरले मङ्गलबारदेखि एम्बुलेन्स वितरण गर्दै

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले मङ्गलवारदेखि देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ ।आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य मङ्गलबारदेखि सुरु हुने जानकारी दिए । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

महानगर प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'हामी विश्वास गर्छौँ स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो। यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij