हुम्ला : कृषि विकास कार्यालयले हुम्लामा उत्पादन भएका स्याउ सुरक्षित रूपमा ढुवानी गर्न किसानलाई गुणस्तरीय कार्टुन वितरण सुरु गरेको छ । किसानलाई प्याकिङको बानी पार्न र प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको हो ।
कार्यालयका प्रमुख चुडामणी पन्तका अनुसार बाहिर अर्डर गरी ल्याइएका कार्टुन वितरणसँगै किसानलाई प्याक गर्ने तरिका पनि सिकाइनेछ । १०–१२ किलो स्याउ अट्ने कार्टुन ६ सय ५० ग्राम तौलका छन् । प्रति कार्टुन ६२ रुपैयाँ छपाइ र ३० रुपैयाँ ढुवानी खर्चसहित ९२ रुपैयाँ पर्न आए पनि किसानलाई निःशुल्क दिइएर २५ रुपैयाँ राजस्व मात्र असुल गरिने भएको छ ।
कार्टुनमा स्याउको जात, ग्रेड, तौल र उत्पादक किसानको नाम उल्लेख हुनेछ । यस वर्ष एक हजार पाँच सय कार्टुन ल्याइएका छन् भने दुई लाख बजेट खर्च गरिएको छ ।
हुम्लाका स्याउ नेपालगञ्ज, पोखरा, काठमाडौंदेखि दिल्लीसम्म पुग्ने गरेको छ । सिमकोट–२ का किसान गोरासिंह बोहराले स्याउ सुरक्षित ढुवानीका लागि यो पहल किसानमैत्री भएको बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij