Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मरेको अवस्थामा भेटियो जंगली हात्ती

मरेको अवस्थामा भेटियो जंगली हात्ती

झापा : झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको हो। शनिबार बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृत हात्ती वयस्क पोथी हो। हात्तीको पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए। घटनास्थलमा वन कार्यालयको टोली पुगेर मुचुल्का उठाएको छ।।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए। ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,’ उनले भने, ‘बिहान त एउटा हात्ती मरेको खबर आयो।’

के कारणले हात्ती मर्‍याे भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij