काठमाडौं : काठमाडौंको बाइपासमा यात्रुवाहक बस दुर्घटना भएको छ । आइतबार विहान बा ५ ख ५० नम्बरको पैयाँटारबाट रत्नपार्कतर्फ जाँदै गरेको बस काठमाडौं महानगरपालिका-१६ बाइपासमा दुर्घटनाग्रस्त हुँदा २४ जना घाइते भएको प्रहरी वृत्त बालाजुले जनाएको छ। घाइतेमध्ये दुई जनालाई अलि बढी चोटपटक लागेको प्रहरी वृत्त बालाजुका डीएसपी ज्ञानबहादुर विष्टले उकेरालाई जानकारी दिए।
उनले भने, ‘२४ जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल पठाइएको छ। दुई जनालाई अलि बढी चोटपटक लागेको छ।’ चालक अहिले प्रहरी नियन्त्रणमा रहेको पनि उनले बताए। घाइते अस्पताल पठाइसकेपछि सडकमा पल्टिएको सवारीलाई समेत पन्छाइसकिएको छ। अहिले उक्त सडकमा सवारी आवागमन नियमित भइसकेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij