Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मुग्लिनमा पहिरो पीडितलाई सरकारी अधिकारीको उपस्थितिमा राहत वितरण

मुग्लिनमा पहिरो पीडितलाई सरकारी अधिकारीको उपस्थितिमा राहत वितरण

मुग्लिन : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको उपस्थितिमा खाजा र पानी वितरण गरिएको छ। स्थानीय युवा व्यवसायी चन्दन अग्रवालको सहयोगमा यो राहत वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाली सेनाका कर्णेल दिनेश राना, सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र न्यौपाने र ट्राफिक प्रहरी निरीक्षक गायत्रीराज शर्मासमेत उपस्थित भएर अलपत्र यात्रुहरूलाई खाजा र पानी हस्तान्तरण गरेका थिए। यस कार्यले लामो समयदेखि सडकमै अड्किएका यात्रुहरूलाई ठूलो राहत मिलेको छ।

मनकारी व्यवसायी अग्रवालले नि:शुल्क रूपमा खाजा र पानी उपलब्ध गराएका थिए। यसले सरकारी अधिकारी र स्थानीय समुदायको संयुक्त प्रयासबाट विपद्‌मा परेका नागरिकलाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। पहिरोका कारण सडक अझै अवरुद्ध रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij