Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

इच्छाकामना गाउँपालिकाले विरामीलाई फलफुल वितरण गरेर मनायो संविधान दिवस

इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले संविधान दिवस विशेष ढंगले मनाएको छ। गाउँपालिकाले संविधान दिवसको अवसरमा इच्छाकामना आधारभूत अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गर्दै दिवस मनाएको हो।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल, वडा नं. ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेती लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  अस्पतालमा उपचार गरिरहेका नागरिकहरूलाई थोरै भएपनि आत्मबल र  उर्जा मिलोस भन्ने उदेश्यले विरामीहरुसँग भेटघाट तथा फलफुल वितरण गरि संविधान दिवस मनाइएको बताउनुभयो । संविधान दिवसलाई जनमुखी कार्यक्रममार्फत मनाउनुपर्ने उहाँको भनाई छ । फलफुल वितरणबाट उपचाररत विरामीहरू समेत खुशी देखिएका थिए।

1cb90f7e-ab21-4d94-85bf-0d9ad54b34401758274109.jpg

f733d95e-ae45-43eb-8f37-641ff6e922d6 (1)1758274112.jpg

ee1a94ed-e003-44d0-b73b-0a3c5173c20d1758274111.jpg

ad71ff31-53b8-4521-8ef9-cf3769febcf31758274109.jpg

efeae201-1f72-494e-b955-fb177272fc861758274112.jpg

f733d95e-ae45-43eb-8f37-641ff6e922d6 (1)1758274095.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij