काठमाडौं : कल्की फिल्मको सिक्वेल बन्दैछ । यो फिल्ममा अभिनेतृ दीपिका पादुकोण अभिनेत्री तय भएको थियो । तर अब उनलाई फिल्ममा देख्न नपाइने भएको छ । फिल्म निर्माताले सही साझेदारी हुन नसक्ने उल्लेख गर्दै सहकार्य नहुने खुलाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिराइमा सोचेपछि हामीले अलग हुने निर्णय गर्यौं । पहिलो फिल्मको लामो यात्राको बाबजुद हामीले सहि साझेदारी बनाउन सकेनौं । ‘कल्की २८९८’जस्ता फिल्मलाई पूर्ण प्रतिबद्धता र धेरै कुराको आवश्यकता छ । हामी उनलाई आगामी कामको लागि शुभकामना दिन चाहन्छौं’ निर्माताले भनेका छन् ।
दोस्रो श्रृंखलामा प्रभास र अमिताभ बच्चन भने देखिनेछन् । नाग आश्विन निर्देशक हुन् ।पहिलो फिल्मको कथा महाभारतको कुरुक्षेत्र युद्धको अन्त्यबाट सुरु हुन्छ र भविष्यको वर्ष २८९८ ईस्वीमा अगाडि बढ्छ । ‘कल्की २८९८ एडी’ बक्स अफिसमा हिट भयो ।यो फिल्मले विश्वव्यापी रूपमा लगभग १०४२ करोड भारु कमाएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij