हेटौँडा : भदौ २४ गतेको आन्दोलनमा बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय पनि जलेर नष्ट भयो ।हेटौंडा–१ स्थित चौकीटोल आरालोमा रहेको उक्त मन्त्रालयमा प्रदर्शनकारीले आगो लगाएर खरानी पारे । एउटै भवनमा रहेका ४ मन्त्रालय जलेर नष्ट हुँदा सोही भवनमा रहेको भुइँ तलाको आधा र पहिलो तलाको आधा भागमा रहेको उक्त मन्त्रालय यतिवेला क्षतविक्षत अवस्थामा छ । खण्डहर बनेको यस मन्त्रालको प्रारम्भिक क्षति अनुमान ५ करोड रुपैयाँभन्दा बढी छ ।
मन्त्रालयका सचिव इन्द्रदेव भट्टका अनुसार आगलागीका कारण मन्त्री र सचिवले प्रयोग गर्दै आएका पाँच वटाबाहेक सबै कोठा र अधिकांश कागजपत्रहरू जलेका छन् । त्यस्तै पाँच वटा सवारीसाधन जलाइएका छन्, जसमा २ वटा चार पांग्रे सवारीसाधन छन् भने ३ वटा सरकारी तथा निजी मोटरसाइकल र स्कुटरहरू छन् ।
मन्त्रालयको लेखा, प्रशासन, स्टोर लगायतका शाखाहरू जलेका छन् । उक्त स्थानमा रहेका कागजातसहित २ वटा ल्यापटप र ९ वटा कम्प्युटर तथा प्रिन्टरहरूमा क्षती पुगेको उनले बताए । मन्त्रालयमा रहेका फर्निचर तथा मेसिन औजारहरू तोडफोर्ड गरिएका छन् भने ९ सेट सोफाहरू जलेका छन् ।
मकवानपुरको सिँचाइ डिभिजनको क्वाटरबाट सेवा दिइने
मन्त्रालयले तत्कालीन अवस्थामा अस्थायी रूपमा मकवानपुरको सिँचाइ टोलमा रहेको सिँचाइ डिभिजनको कार्यालयको क्वाटरबाट काम थाल्ने तयारी गरेको छ। सोहीअनुसार मन्त्रालयको सचिव भट्टको नेतृत्वमा कार्यालय व्यवस्थापनको काम धमाधम भइरहेको छ । सचिव भट्टका अनुसार अस्थायी रुपमा सिँचाइ डिभिजन कार्यालयको दुई वटा क्वाटर खाली गरेर मन्त्रालय राख्ने तयारी गरिएको हो ।डिभिजन कार्यालयभित्र रहेका २ वटा क्वाटरमध्ये एउटा भवनमा मन्त्री र सचिवको कार्यकक्ष तथा अर्कोमा मन्त्रालयको महाशाखा राख्ने तयारी छ ।
सो स्थानमा तत्काल कार्यालय व्यवस्थापन गरेर सेवा प्रारम्भ गर्ने गरी तयारी भएको सचिव भनाइ छ । बिहीबार उक्त भवनको निरीक्षणपछि त्यहाँ रहेको आवास गृह (क्वाटर) व्यवस्थापनको लागि निर्देशनसमेत गरिएको उनले बताए । उक्त भवनमा सामान्य मर्मतको काम गरेर तत्काल सेवा सुचारु गर्ने तयारीमा मन्त्रालय छ ।
हाल मन्त्रालयको जल्नबाट बाँकी रहेको फर्निचर तथा काजगातहरू ल्याएर व्यवस्थापनको काम भइरहेको छ । कर्मचारीहरूका लागि आवश्यक कक्षहरू व्यवस्थापन गर्न र उपकरणहरूको व्यवस्थापन कार्य भइरहेको उनले जानकारी दिए । मन्त्रालय रहेको भवन मर्मतका लागि परीक्षण गर्ने कार्य भइरहेको र रिपोर्टका आधारमा व्यवस्थापनको काम थाल्ने पनि उनले बताए ।
_SeEoETH7nm.jpg)
_6NeRAUjF5y.jpg)
_D5V6rNuJdZ.jpg)
_T3GNvN0PxC.jpg)
_hdWhl1HEvr.jpg)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij