काठमाडौँ : गायिका शान्तिश्री परियारले हालै भएको Gen-Z आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आर्थिक सहयोग गरेकी छन्। उनले सामाजिक अभियन्ता आशिका तामाङ मार्फत घाइतेहरूका लागि ५० हजार रुपैयाँ प्रदान गरेकी हुन्।
परियारले अभियन्ता तामाङको निःस्वार्थ र समर्पण भाव देखेर प्रभावित भएको बताइन्। तामाङले अस्पताल तथा घरघरमै पुगेर घाइतेहरूको सेवा गरिरहेको भन्दै उनले सम्मान व्यक्त गरेकी छन्।
रकम हस्तान्तरण गर्दै गायिका परियारले भनिन्, “मेरो सानो सहयोग हजुरको पवित्र कर्ममा मिसियोस्।” उनले नागरिक आन्दोलनमा सहभागी भई घाइते भएका सबैको स्वास्थ्य लाभको कामना पनि गरेकी छन्।
यस घटनाले नेपाली कला क्षेत्रका व्यक्तिहरू पनि सामाजिक अभियान र नागरिकका समस्यामा संवेदनशील रहेको देखाएको छ। Gen-Z आन्दोलनले उठेका मुद्दा र त्यस क्रममा भएका घटनाहरूले जनस्तरमा व्यापक चासो र समर्थन पाएका छन्। सामाजिक अभियन्ता आशिका तामाङको प्रयासलाई कलाकार र आम नागरिकबाट समेत प्रशंसा र साथ मिलिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij