काठमाडौँ : दसैँको चहलपहल सुरु भएसँगै काठमाडौँ उपत्यकामा बसोबास गर्नेहरू आफ्ना घर फर्कन थालेका छन्। दसैँ मनाउनका लागि आफ्नो गाउँघर जान चाहने सर्वसाधारणको गोंगबुस्थित नयाँ बसपार्कमा ठूलो भीड लागेको छ।
विशेषगरी ग्रामीण भेगका यात्रुहरूको संख्या बसपार्कमा अत्यधिक देखिन्छ। टिकट काउन्टरमा लामो लाइन, सामानका पोका–पन्तरा बोकेर गाडीको प्रतीक्षामा रहेका मानिसहरूले बसपार्कको वातावरण व्यस्त बनाएका छन्।
यातायात व्यवसायीका अनुसार, दसैँको समयमा यात्रुको चाप अत्यधिक हुने भएकाले बसहरूलाई व्यवस्थित गर्न र सहज रूपमा टिकट उपलब्ध गराउन चुनौती देखिएको छ। धेरै यात्रुहरूले अग्रिम टिकट काटेर राखेका छन् भने केही यात्रुहरू सिधै बसपार्कमा आएर टिकट लिइरहेका छन्।
यस वर्ष दसैँ मनाउनका लागि उपत्यकाबाट ठूलो संख्यामा मानिसहरू बाहिरिने अनुमान गरिएको छ। बसपार्कमा भीडभाड बढेपछि शान्ति सुरक्षाका लागि प्रहरीले पनि विशेष व्यवस्था गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij