जोमसोम, मुस्ताङ : मुस्ताङका स्याउ बगैँचामा अहिले स्याउ टिप्ने र बजार पठाउने चटारो छ। यहाँका किसानले टिपेर जम्मा गरेका स्याउलाई व्यापारीहरूले धमाधम ट्रकमा लोड गरिरहेका छन्।
मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोममा धादिङबाट आएका स्याउ व्यापारीहरूले ठूला–ठूला ट्रकमा स्याउ लोड गरिरहेका दृश्य देख्न सकिन्छ। यहाँका स्याउ मुख्यगरी पोखरा, काठमाडौँ र बुटवलजस्ता ठूला सहरहरूमा पुर्याइने गरिएको छ।
मुस्ताङको स्याउ स्वादिलो र रसिलो हुने भएकाले यसको माग सहरहरूमा निकै बढी हुन्छ। यस वर्ष स्याउको उत्पादन राम्रो भएकाले किसान र व्यापारी दुवै उत्साहित छन्। यो सिजनमा मुस्ताङको स्याउले देशभरिका उपभोक्ताको मन जित्ने आशा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij