Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दसैँको रमझम: बनेपामा चङ्गा उडाउँदै बालबालिका

दसैँको रमझम: बनेपामा चङ्गा उडाउँदै बालबालिका

बनेपा: हिन्दुहरूको महान् पर्व विजया दशमी (दसैँ) नजिकिएसँगै काभ्रेपलाञ्चोकको बनेपामा दसैँको रौनक सुरु भएको छ। बनेपा नगरपालिका–५, मगरगाउँमा बालबालिकाहरू चङ्गा उडाएर दसैँको आगमनको स्वागत गरिरहेका छन्।

बिहिबार  दिउँसो मगरगाउँको माथिल्लो चौरमा बालबालिकाहरू जम्मा भएर चङ्गा उडाउँदै रमाइलो गरेका थिए। दसैँमा चङ्गा उडाउनुलाई परम्परागत मनोरञ्जनको रूपमा लिइन्छ। यसले आकाशका देवतालाई वर्षा सकिएको र अब पानी नझार्न सन्देश दिएको जनविश्वास पनि छ।

शहर र गाउँ दुवैतिर चङ्गा उडाउने चलन पुरानो भए पनि पछिल्ला वर्षहरूमा यो संस्कृति हराउँदै गएको थियो। तर, यस वर्ष बनेपाका विभिन्न ठाउँमा बालबालिका मात्र नभई ठूला मानिसहरू पनि चङ्गा उडाएर रमाउँदै गरेको देखिन्छ।यसले दसैँको पर्वसँग जोडिएका परम्पराहरूलाई जीवन्त राख्न मद्दत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij