धनगढी : नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले जेनजी आन्दोलनमा क्रममा सहिद भएका युवाको परिवारलाई सहयोग गरेको छ। खप्तड छान्ना गाउँपालिका सुवास बोहरा र दुर्गाथली गाउँपालिकाका भीम धामीका परिवारप्रति संवेदना व्यक्त गर्दै शाखाले दुवै परिवारलाई बिहीबार नगद १०/१० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
पत्रकार महासङ्घ बझाङका अध्यक्ष डि.वि. विष्टले शोकको घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले पीडित परिवारलाई सहयोग पुर्याउने कार्यमा सबै महानुभावहरूलाई आफ्नो तर्फबाट हातेमालो गर्न अपिल गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij