काठमाडौँ : जेनजी आन्दोलनका कारण ध्वस्त भएको वैदेशिक रोजगार विभागको संरचना पुनर्निर्माणमा मेनपावर व्यवसायीले सघाउने भएका छन्। वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवन गुरुङले विभागमा नयाँ भवन निर्माणका लागि व्यवसायीहरूले आर्थिक सङ्कलन गरेर सहयोग गर्ने निर्णय भइसकेको बताए ।
यसबारे विभागसँग छलफल भइरहेको र चाँडै अनुमोदन गर्ने तयारी भएको उनले जानकारी दिए। त्यसैगरी गौशाला प्रहरी चौकीको जीर्ण संरचना पुनर्निर्माणमा पनि व्यवसायीहरूले सहयोग गर्ने तयारी गरेका छन्। गुरुङले भने, ‘३ करोड रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान छ। यसका लागि व्यवसायीहरूसँगै अन्य दाताहरूलाई पनि सहभागी गराउने सोच बनाइएको छ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij