Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

काठमाडौँ : हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूलाई ग्राहकको सुविधाअनुसार व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटार शाखाका रूपमा सञ्चालनमा ल्याएको छ। यो शाखा अब काठमाडौं महानगरपालिका–२, बालुवाटारस्थित एनएल कम्प्लेक्सबाट सञ्चालन हुनेछ।

बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले गरेका छन्। यस अवसरमा बैंकका अन्य उच्च अधिकारीहरू र विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij