काठमाडौं : काठमाडौं उपत्यका र भक्तपुरका ८ वटा प्रहरी वृत्तमा इन्चार्जहरू हेरफेर भएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गर्ने निर्णय गरेसँगै यो फेरबदल भएको हो।
सरुवा सूचीअनुसार, भक्तपुरको एउटा र काठमाडौंका सात वटा गरी जम्मा ८ वटा वृत्तमा नयाँ प्रहरी प्रमुखहरू आएका छन्। प्रहरी प्रधान कार्यालयबाट डीएसपी चञ्चला श्रेष्ठ लाई भक्तपुरस्थित प्रहरी वृत्त जगाती पठाइएको छ।
त्यसैगरी, प्रह्लाद कार्की नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा खटिएका छन्। प्रहरी वृत्त मालीगाउँमा भने धनबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ, जबकि त्यहाँ कार्यरत सुनिल जंग शाहलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।
अन्य सरुवाहरूमा, नारायण डाँगीलाई प्रहरी वृत्त दरबारमार्ग, प्रकाश श्रीमललाई गौशाला, मोहनमणि अधिकारीलाई स्वयम्भू र सन्तोष रोक्कालाई बौद्ध वृत्तको प्रमुख बनाइएको छ। प्रहरी वृत्त गौशालाका शुकदेव खनाललाई भने सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) मा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij