Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

साउदी युवराज र पाकिस्तानी प्रधानमन्त्रीबीच ऐतिहासिक रक्षा सम्झौता

साउदी युवराज र पाकिस्तानी प्रधानमन्त्रीबीच ऐतिहासिक रक्षा सम्झौता

एजेन्सी : साउदी अरबका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफबीच बुधबार ऐतिहासिक रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार, एक देशमाथि आक्रमण भएमा त्यसलाई अर्को देशमाथि भएको आक्रमण मानिने व्यवस्था गरिएको छ ।

दुबै नेताले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताले दुवै देशको सुरक्षा सुनिश्चित गर्ने र विश्व शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ । सम्झौतामा रक्षा सहकार्यलाई थप मजबुत बनाउने र दीर्घकालीन साझेदारीको बाटो खोल्ने प्रावधानहरू समावेश छन्।

नाम नखुलाउने शर्तमा बोल्ने एक वरिष्ठ साउदी अधिकारीका अनुसार, सम्झौताअन्तर्गत हरेक प्रकारको सैन्य सहयोग हुने छ। आवश्यक परे पाकिस्तानको आणविक क्षमताको प्रयोगसमेत यसमा समावेश गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट