Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सुरु भयो अर्थ मन्त्रालयमा रङरोगन

सुरु भयो अर्थ मन्त्रालयमा रङरोगन

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुनःनिर्माण र सौन्दर्यीकरणको काम सुरु भएको छ । हाल मन्त्रालयको भवनमा सरसफाइ र रङरोगनको कार्य जारी छ ।

भदौ २३ र २४ गतेको आन्दोलनमा सिंहदरबारसहित प्रमुख प्रशासकीय भवनहरूमा ठूलो क्षति पुगेको थियो ।अर्थ मन्त्रालयसँगै गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतमा तोडफोड र आगजनी भएको थियो ।

क्षतिग्रस्त संरचनाहरूलाई सामान्य अवस्थामा ल्याउन सरकारले तत्काल सरसफाइ, मर्मत तथा रङरोगनको काम सुरु गराएको हो ।सिंहदरबारभित्रका विभिन्न कार्यालयहरूमा समेत समानान्तर रूपमा सरसफाइ र पुनःनिर्माणका काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij